सिर्जना फाइनेन्सको लाभांश प्रस्ताव नेप्से द्वारा स्वीकृत

६ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्जले(नेप्से) बोनस शेयर वितरण गर्न  सिर्जना फाइनेन्सलार्ई स्वकिृती प्रदान गरेको छ ।

नेप्सेले आज एक सूचना प्रकाशित गर्दै कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस शेयर वितरण गर्न स्वकिृती दिएको हो ।

यस अघि फाईनेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ नगद लाभांश र ११ करोड ५ लाख ८६ हजार ६८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

आगामी साधारण सभाले लाभांश प्रस्ताव पारित गरे पश्चात मात्र शेयरधनीहरुले उक्त लाभांश पाउने छन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया