बैंकहरूको निक्षेप बृद्धिदर घट्यो, कति छ बैंकहरुको निक्षेपमा ?

६ बर्ष अगाडि

काठमाडौं – चालु आवको पहिलो चौमासमा बैंक तथा वित्तिय संस्थाको निक्षेप बृद्धिदर खुम्चिएको छ । गत आवको सो अवधीमा बैंक तथा वित्तिय संस्थाहरूको निक्षेप ४.१ प्रतिशतले बढेको थियो, तर अहिले २.७ प्रतिशतले मात्रा निक्षेप बढको छ । 
गत आवको कात्तिक मसान्तसम्म बैंकहरूसँग रू. २९ खर्ब ५२ अर्ब रकम निक्षेप थियो । गत कात्तिकसम्म आउँदा त्यो रू. ३४ खर्ब ४३ अर्ब पुगेको छ । यो क, ख र ग बर्षका बैंकका बिभिन्न प्रकारका निक्षेपमा भएको रकम हो ।
तथ्यांकअनुसार बैंकहरूमा व्यक्तिगत बचत खातामा सबैभन्दा धैरै पैसा छ । व्यक्तिगत खातामा रू. १८ खर्ब ६३ अर्ब ८७ करोड निक्षेप रहेको छ । बैंकहरुमा बीमा कम्पनीहरुको २ खर्ब ४१ अर्ब निक्षेप छ । यस्तै, सञ्चयक कोषले रू. ९३ अबै ४२ करोड र नागरिक लगानी कोषले रू. ७३ अर्ब २ करोड बैंकहरुकोनिक्षेप राखेका छन् । राष्ट्र बैंकको एक तथ्यांकले यस्तो देखाएको हो । 


 

६ बर्ष अगाडि

प्रतिक्रिया