संयम बचत तथा ऋण सहकारी संस्थाले आफ्ना् नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले आगामी पौष १९ गते शनिवार काभ्रेको दोलालघाटमा विहान ११ बजे साधारण सभा वोलाएको हो ।
सभामा सञ्चालक समितिको तर्फवाट अध्यक्षको र आव २०७५–७६ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिने छ । यस्तै, सभाले लेखा समितिको प्रतिवेदन, लाभांश, चालु आवको वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने छ ।
यसैगरि चालु आवको लागि लेखा परिक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा लगिने छ ।
प्रतिक्रिया