लाभांश वितरण पश्चात हकप्रद शेयर निष्कासन गर्दै नेपाल सेवा, बोलायो वार्षिक साधारण सभा

६ बर्ष अगाडि

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। 

कम्पनीले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने साथै अन्य प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो ।कम्पनीको सञ्चालक समितिले यस अघि गत आर्थिक वर्षको मुनाफाबाट २.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै कम्पनीले बोनस शेयर वितरणपश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने साथै अन्य बिषय बारे साधारण सभामा छलफल गर्ने छ ।वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्नेछ। 

कम्पनीको साधारण सभा पुस २९ गते इन्द्रावती सामुदायिक सेवा केन्द्र, सिन्धुपाल्चोकमा बिहान ११ बजेबाट सुरु हुने छ ।हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १५ लाख रुपैयाँ बराबरको बोनस पश्चात पूँजी ६ करोड १५ लाख रुपैयाँ पुग्नेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया