ललितपुर महानगरपालिकाले नगरप्रहरीको लागि आवेदन मागेको छ ।
महानगरले ५० जना नगरप्रहरी सेवा करारमा भर्ना गर्नका लागि आवेदन मागेको हो ।
नगरप्रहरीमा जागिर खान आवेदन दिनेहरुका लागि ८ कक्षा पास गरेको र १८ देखि ३५ वर्ष उमेर भित्रको हुनुपर्ने छ ।
इच्छुकहरुले पुस २३ गतेसम्म महानगरपालिकाको राजस्व प्रशासन महाशाखा पुल्चोकमा आवेदन पेश गर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया