काठमाडौं- अपहरणपछि हत्या गरिएका काठमाडौं, काँडाघारीका निशान खड्काको घाँटीभित्र एकमिटर लामो रुमाल (कपडा) जबरजस्ती घुसाएर निर्मम ढङ्गले हत्या भएको ‘पोस्टमार्टम’ रिपोर्टमा उल्लेख छ ।
घाँटीको रुद्रघण्टीसम्म कपडा घुसाएको देखिन्छ, पोस्टमार्टममा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताए। चिकित्सकका अनुसार घाँटीमा कपडा घुसाएकाका कारण श्वासप्रश्वास रोकिन पुग्दा मृत्यु भएको हो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।
डा.मनि महर्जनको नेतृत्वमा तीन सदस्यीय टोलीले शवको पोस्टमार्टम गरेको थियो । “बालक निशानको हात खुट्टा च्यापेर माथिबाट जवरजस्ती कपडा घुसाएको देखिन्छ,” पोस्टमार्टममा संलग्न एक चिकित्सकले भने, “त्यसपछि पनि मरे नमरेको चाल पाउन दाँया हातले बेस्सरी गला दवाएको देखिन्छ ।”
प्रतिक्रिया