एन्फाले  चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्ध छोट्यायो

६ बर्ष अगाडि

अखिल नेपाल फुटबल सङ्घ एन्फाले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ ।

एन्फाको अनुशासन समितिले मंगलबार विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो ।

उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया