आकर्षक लाभांश वितरण गर्न मिर्मिरेले बोलायो साधारणसभा

६ बर्ष अगाडि

मिर्मिरे लघुवित्तले आफ्नो नवौं वार्षिक साधारणसभा बोलाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर पारीत गर्न संस्थाले उक्त सभा बालाएको हो ।

यस अघि समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

त्यस्तै उक्त सभामा उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र अन्य विषयमा समेत छलफल गर्ने बताइएको छ ।

संस्थाको साधारण सभा पौष २८ गते धुलिखेलमा बोलाइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया