अन्तिम समयमा ओरालो लाग्यो नेप्से, कारोबार रकममा भने अत्याधिक सुधार

६ बर्ष अगाडि

साताको तेस्रो कारोबारका दिन नेप्से परिसूचक २.३७ अंकले ओरालो लागेको छ । हिजो दोहोरो अंकले बढे्को परिसूचक आज एकाएक घट्न पुगेको हो ।

आज कारोबार सुरु भएको समयबाटै उकालो लागेको परिसूचक एकैपटक सात अंक माथी  पुगेको थियो भने तेस्रो घण्टा सम्ममा ४ अंकको हारहारीमा रहेको थियो ।

तर कारोबारको सुरुवात बाटै उकालो लागेको नेप्से अन्तिम समयमा आएर घट्न पुगेको हो । आज ११६९.३३  विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउँदा २.३७ अंकले घटेर ११६८.४३ विन्दुमा पुगेको हो ।

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले घटे्को छ ।

आज नेप्से परिसूचक ओरालो लाग्दा पनि कारोबार रकम भने हिजोकाे तुलानामा अत्याधिक बढेकाे छ ।

आज २० लाख २९ हजार ८ सय ४२ कित्ता शेयर किन बेच हुँदा ७२ करोड १६ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबारमा आएका १२ समूहको मध्ये ७ समूहको सूचक घटेकाे छ  भने ५ समूहको सूचक बढेकाे छ ।

त्यस्तै, आज ११ बजे  ११६९.३३  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक ०.२० प्रतिशतले बढे्को छ ।

हिजो ५८ करोड बराबरको कारोबार हुदाँ बजार १७ अंकले बढे्को थियो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया