राजविराज जेसिजको अध्यक्षमा कटवाल

६ बर्ष अगाडि

राजविराज जेसिजको ४४औँ वार्षिक साधारणसभाले सन् २०२० का लागि नानीमैयाँ कटवाल ‘पुनम’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

कटवाल सन् २००९ देखि जेसिज अभियानमा लाग्नुभएको हो । उनले  राजविराज जेसिजको जनसम्पर्क अधिकारी, शाखा सम्पादक, उपाध्यक्ष, सहसचिव, कार्यकारी उपाध्यक्ष, कानूनी सल्लाहकार र महासचिवको भूमिका निर्वाह गरिसकेका छन् । 

साधारणसभाले २०१९ का राजविराज जेसिसको नेतृत्वमा महासचिव कटवालद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष विप्लव आनन्दद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ । 

सन् १९७६ मा स्थापना भएको राजविराज जेसिजले हालसम्म एकजना संस्थापक अध्यक्ष गरी ४४ अध्यक्ष प्राप्त गरिसकेका छन् भने दुईजना राष्ट्रिय अध्यक्षसमेत दिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया