मञ्जुश्री फाइनान्सले आफ्नो १२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले प्रस्ताव गरेको १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।
त्यसतै कम्पनीले उक्त सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र अन्य विषयमा समेत छलफल गर्ने बताएको छ ।
कम्पनीको साधारण सभा यही पुस २९ गते थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाएको छ ।
प्रतिक्रिया