गुहेश्वरी मर्चेण्टको वार्षिक साधारण सभा, यस्ता छन् प्रस्ताव

६ बर्ष अगाडि

गुहेश्वरी मर्चेण्ट बैंकिङ् एण्ड फाइनान्स कम्पनीले आफ्नो १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश सहित अन्य विषय बारे छलफल गर्न उक्त सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत नगद लाभांश वितरण गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने बताइएको छ ।

कम्पनीको साधारण सभा पौष २९ गते गुहेश्वरी भवन, हरिहर भवनमा बिहान ११ बजेबाट शुरु हुनेछ। 

६ बर्ष अगाडि

प्रतिक्रिया