प्रस्तावित लाभांश वितरण गर्न कञ्चन डेभलपमेन्टले बोलायो साधारण सभा

६ बर्ष अगाडि

कञ्चन डेभलपमेन्ट बैंकले आफ्नो दशौँ वार्षिक साधारण सभाको बोलाएको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश वितरण सगैँ अन्य विषयमा छलफल गर्न बैंकले उक्त सभा बोलाएको हो ।

सभामा बैंकले गत आर्थिक वर्र्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै उक्त सभामा अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव बारे पनि छलफल हुने बताइएको छ ।

उक्त प्रस्ताव बारे छलफल गर्न बैंकले यही पुस २९ गते होटल ओपेरा प्रा।लि।, महेन्द्रनगरमा बिहान साढे ११ बजे साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया