ज्योति विकास बैंक लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले लाभांश प्रस्ताव सगैँ संस्थाको मर्जर कार्य बारे छलफल गर्न उक्त सभाको आयोजना गर्न लागेको हो ।
यस अघि संस्थाको सञ्चालक समितिको वैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
सभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका अन्य प्रस्ताव पारित गरिने बताइएको छ ।
प्रतिक्रिया