सिन्धु विकास बैंकको साधारण सभा, लाभांश वितरण सगैँ मर्जर प्रस्ताव बारे छलफल हुने

६ बर्ष अगाडि

सिन्धु विकास बैंकले आफ्नो  दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश वितरण सगैँ अन्य विषयमा छलफल गर्न बैंकले उक्त सभा बोलाएको हो ।

उक्त सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ११.५१ प्रतिशत बोनस शेयर पारित गरीने छ ।

त्यस्तै सभामा बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिने बताइएको छ।

बैंकको साधारण सभा यही पुस २९ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ।

५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात पूँजी ५५ करोड ७६ लाख पुग्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया