नेपाल स्टक एक्सचेन्जमा नबिल बैंकको शेयरमूल्य समायोजन भएको छ।
बैंकले यस अघि प्रस्ताव गरेको बोनसमा शेयरमूल्य समायोजन भएको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६६९ रुपैयाँ ६४ पैसा कायम गरेको छ।
उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे वार्षिक साधारण सभा आह्वान गरेको छ।
प्रतिक्रिया