नारायणी नदिमा साढे दुई तले क्रुजसिपको सफल परीक्षण

६ बर्ष अगाडि

२ सय २० यात्रु क्षमताको क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण भएको छ। आइतबार बेलुका २५ जना यात्रुसहित सिपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्टले बताएको छ ।

सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको छ ।

अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ।

गत चैतबाट निर्माण सुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो।

अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ।

१५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।

क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।

क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले २० नट पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया