पुस २७ गते सार्वजनिक बिदा

६ बर्ष अगाडि

पृथ्वी जयन्तीको दिन पुस २७ गते धादिङको रुविभ्याली गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।गाउँपालिका प्रमुख रेरूङ तामाङले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन लागिएको जानकारी दिएका हुन् ।

गाउँपालिकाको बैठकले पृथ्वी जयन्तीको दिन पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न पर्यटकीय कार्यक्रमको आयोजना गर्न लागिएको अध्यक्ष तामाङको भनाइ छ ।

यसअघि गोरखा नगरपालिकाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गोरखा नगरपालिका कांग्रेसले जितेको छ।धादिङको रुविभ्याली गाउँपालिका भने राप्रपाले जितेको छ । गाउँपालिकाका जनसंख्यामध्ये धेरै क्रिस्चियन धर्मावलम्बी छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया