प्रहरीले काठमाडौंको केही शंकास्पद घरमा छापा मारेको छ।
काठमाडौंमा बसेर केही विदेशी नागरिकले शंकास्पद गतिविधि गरेको सुचनाका आधारमा प्रहरीले छापा मारेको हो।
छापा मार्नेक्रममा ७२ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ बसेका विदेशी नागरिकहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा बादलस लाई बुझाएका थिए।
सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्।
घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।उनीहरुको साथबाट बैंक ह्याक गरिएको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो। उनीहरुलाई उच्च अदालत पाटनले थुनामा पठाइसकेको छ।
प्रतिक्रिया