दोहोरो अंकले बढ्यो नेप्से, ५८ करोडको कारोबार हुदाँ  १७ अंक माथी

६ बर्ष अगाडि

आज साताको दोस्रो कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले बढे्को छ ।

कारोबार सुरु भएको समयबाट नै उकालो लागेको नेप्से परिसूचक अन्तिम समय सम्म आउदाँ १७.६१ अंकले बढे्को हो ।आज ११५०.९३  विन्दुबाट शुरु भएको कारोबार अन्तिम समय सम्म आउदाँ १७.६१ अंकले घटेर ११६८.४३ विन्दुमा पुगेको हो ।

त्यस्तै आज क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.०१ अंकले बढे्को छ ।हिजो नेप्से एक अंकको हारहरीमा बढ्दा सेन्सेटिभ इन्डेक्स भने घटे्को थियो ।

आज १७ लाख २६ हजार १ सय ४२ कित्ता शेयर किन बेच हुदाँ ५८ करोड २३ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै, आज कारोबारमा आएका १२ समूहको मध्ये ११  समूहको सूचक बढेका छ भने १ समूहको सूचक घटे्को छ ।

त्यस्तै, आज ११ बजे ११५०.९३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने कारोबारको अन्तिम समय सम्म आउँदा त्यो परिसुचक १.५३ प्रतिशतले बढे्को छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया