तरकारीखेतीबाट वार्षिक सात लाख आम्दानी

६ बर्ष अगाडि

जिल्लाको गलकोट नगरपालिका–२ तोरिखोलाका ३९ वर्षीय मोहन घर्तीमगरले विदेशबाट फर्केर गाउँमै तरकारीखेती गरी मनग्य आम्दानी गर्दै आएका छन। 

तेह्र वर्ष साउदी अरब र तीन वर्ष दक्षिण कोरिया बिताएर नेपाल फर्कनुभएका मगरले गाउँमै तरकारी उत्पादन गरी विदेशमा भन्दा राम्रो आम्दानी गर्न थालेका हुन।
वैदेशिक रोजगारबाट सन्तुष्ट नभएका मगर आफ्नै घरमा दैनिक तरकारीखेतीमा काम गर्दा निकै सन्तुष्ट भएको बताउछन ।

उनको घर नजिकै आफ्नै बारीमा तीन हाइटेक प्रविधि तथा चार वटा बाँस प्रयोग गरेर बनाइएका टनेल छन् । टनेलमा अहिले गोलभेँडा, ब्रोकाउली, काउली, रायो साग, सिमी र मुला छन् । वैदेशिक रोजगारमा जाँदा अनेक ठक्कर खाए पनि गाउँमै आएर तरकारी उत्पादन गर्दा आम्दानी र सन्तुष्टि दुवै मिलेको उनको भनाइ छ । घर्तीका अनुसार, गलकोट क्षेत्रका अधिकांश युवा पलायन भएको सन्र्दभमा उहाँले गाउँ फर्केर तरकारी खेती गर्न थालेका हुन


“विदेशमा १५ वर्ष बिताएँ, तरकारीखेती गर्न थालेको आठ वर्ष बितिसक्यो,” घर्तीले भने, “आफ्नै गाउँ ठाउँमा विदेशमा कमाउने गरेको भन्दा राम्रो कमाइ गर्न थालेको छु ।” उनले लाफा अर्गानिक ताजा तरकारी फर्ममार्फत अहिले वार्षिकरूपमा रु छ देखि सात लाख आम्दानी गर्दै आएको बताए ।

उनका अनुसार टनेल, थोपा सिँचाइलगायतका संरचनाका लागि हालसम्म रु १०÷१२ लाख लगानी भइसकेको छ । थापा परिवार पाल्न र सामान्य खर्चका लागि कसैको हात थाप्न नपरेको बताउछन । विदेशमा गरेको कमाइभन्दा स्वदेशमै आफ्नो परिवारको साथमा बसेर गरेको कमाइ धेरै भएको थापाको भनाइ छ । 
 
तरकारी व्यवसायलाई उहाँकी श्रीमती खिमकुमारी र बाबा वीरबहादुर घर्ती मगरले समेत सघाउँदै आएका छन । सिँचाइको पर्याप्त सुविधा तथा उर्वर भूमिमा हाइटेक टनेल भएपछि बाह्रै महिना बेमौसमी तरकारी उत्पादन हुने कृषक मगरको भनाइ छ । उनले यही याममा मात्रै रु एक लाख बराबरको गोलभेँडा र काउली बिक्री गरिसकेको बताए। 

  झण्डै रु एक लाख बराबरको तरकारी बजार पठाउने तयारीमा रहेको उनको भनाइ छ । मगरका अनुसार, आफ्नै जग्गा र आफँै श्रम गर्ने भएकाले शुरुको लगानी, प्राविधिक खर्च र मलबाहेक अन्य सबै आम्दानी बचत हुन्छ । मगरले बचतको रकमले लगानी विस्तार गर्दैसमेत गएका छन ।

उनले सात टनेललाई वृद्धि गरेर १५ वटा पु¥याउने लक्ष्य राखेका छन। उनलाई कृषि ज्ञान केन्द्र पर्वतले गत वर्ष दुई वटा हाइटेक टनेल अनुदानमा उपलब्ध गराएको थियो । उत्पादन भएको जैविक तरकारी नजिकैको हटिया बजारमा खपत हुँदै आएको छ ।  
 

६ बर्ष अगाडि

प्रतिक्रिया