नबिल बैंकद्धारा एकैचोटी ३ कर्जा योजना सार्वजनिक, ३५ घण्टा भित्र नै ऋण पाइने, व्याजदर १०.५% मात्रा

६ बर्ष अगाडि

काठमाडौं – नविल बैंकले नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले कर्जा आवेदन गरेको ३५ घण्टा भित्र नै ऋण उपलब्ध गराउने प्रतिवद्धता सहित उक्त योजना सार्वजनिक गरेको हो ।
सोमबार राजधानीमा एक कार्यक्रम गरेर बैंकले उक्त योजना सार्वजनिक गरेको हो । बैंकले नेपालमै पहिलो पटक एसएमई कर्जामा क्रेडिट स्कोरीङ भएको योजना सार्वजनिक गरेको हो ।  
उक्त योजना अन्तरगत रू. १५ लाखदेखि रू. ७५ लाखसम्म कर्जा दिइने छ । साथै, सुरुको १ बर्षका लागि १०.५० प्रतिशत मात्रा व्याज लिइने बैंकको भनाइ छ ।
यस्तै, बैंकले नबिल सजिलो एसएमई कर्जा योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत रू. ५ लाख देखि रू. १ करोड ५० करोड सम्म ऋण दिइने छ । आवेदन दिएको ५ दिन भित्र नै कर्जा स्वीकृति गरिने बैंकको भनाइ छ । यस कर्जामा १ बर्षका लागि १०.५० प्रतिशत व्याज लिइने छ ।
यसमा सञ्चालकलाई निःशुल्क रू. ५० हजारसम्मको क्रेडिट कार्डको सुविधा छ । साथै, निःशुल्क एलर्टको पनि सुविधा राखिएको छ । 
साथै, व्यक्तिगत बचत खाता मार्फत रू. १० लाखको दुर्घटना बीमा, रू. ३ लाखको जटिल रोग बीमा तथा रु. ७५ हजारको टर्म लाइफ बीमाको सुविधा पनि दिइने बैंकको भनाइ छ । 
यस्तै, बैंक आज नै नविल नारी कर्जा योजना पनि ल्याएको छ । यसमा १ बर्षका लागि ९.९९ प्रतिशत मात्रा व्याज लिइने छ । यसका अलवा अन्य सुविधाहरु नबिल सजिलो एसएमई कर्जा अनुसार नै हुनेछन् । यद्यपि, बैंकका यी तीन कर्जा योजनामा तोकिएको शर्तहरु लागू हुनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया