लक्ष्मी बैंकको लाभांश प्रस्ताव पारित

६ बर्ष अगाडि

काठमाडौं – लक्ष्मी बैंकको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ ।  बैंकको १९औं वार्षिक साधारणसभाले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ८१ करोड पुगेको छ । आव २०७५÷७६ मा रु ८० अर्ब ३२ करोड  निक्षेप र ७७ अर्ब ८४ करोड कर्जा पुरयाएको  यस बैंकको वासलातको आकार रु १०६ अर्ब रहेको छ । सो आवमा बैंकले रु १ अर्ब ५९ करोड  खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

साथै, साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया