छ्याङदी हाइड्रोले ५ प्रतिशत बोनस दिने

६ बर्ष अगाडि

छ्याङदी हाइड्रोपावरले लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीको आइतबारबसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैठकले लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत गरी  कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश पारितसगैँ अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।  

कम्पनीको उक्त लाभांश नेपाल सरकारले स्वीकृति  र कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया