दाङमा जीर्ण भवनमा न्यून दृष्टियुक्त बालबालिका त्रासमा अध्ययन गर्न बाध्य

६ बर्ष अगाडि

दाङको राप्ती गाउँपालिकाले स्थानीय आदर्श नमूना माध्यमिक विद्यालयमा अध्ययनरत न्यून दृष्टियुक्त बालबालिकालाई साङ्केतिक वाद्यवादन उपलब्ध गराएको छ । 
  विद्यालयमा १४ न्यून दृष्टियुक्त बालबालिका अध्ययन गर्दछन् । 

विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बालबालिकालाई मनोरञ्जन गर्न हार्मोनियम, गीतार, मादल, सारङ्गी, खैजडी, ट्याम्पु, मुरली, बासुरी, चापलगायत वाद्यसामग्री उपलब्ध  गराइएको जानकारी दिए । 

सरकारले विशेष शिक्षाअन्तर्गत दाङको यस विद्यालयमा न्यून दृष्टियुक्त बालबालिकालाई  पठनपाठन गराउन शुरुआत पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको उहाँले  बताए । 
  उनले भने “अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको  छौँ ।

भवन निकै जीर्ण छ । वर्षात्मा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।”
   विद्यालयमा कक्षा १२ सम्म न्यून दृष्टियुक्त विद्यार्थीका लागि अध्ययन हुने गर्दछ ।

विस २०५२ सालदेखि पढाइ शुरु भएको न्यून दृष्टियुक्त व्यक्ति कक्षामा अहिले दुईजना शिक्षक कार्यरत छन ।  
 “एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । उनीहरुमा आफैँ शारीरिक हिसाबले कमजोर हुने भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्छ ।” प्रधानाध्यापक  पोख्रेलले भने । 

अहिले करिब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ ।  भित्र छिर्दा नै भत्किने डरले हतपत्त बाहिर निस्किनुपर्ने अवस्था छ, तर न्यू दृष्टियुक्त व्यक्तिले आफूहरु कस्तो भवनमा बसिरहेका छौँ, भन्ने कुराको कुनै थाहा छैन ।

एक न्यून दृष्टियुक्त विद्यार्थीले भने, “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” खाट पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउन मात्रै ती खाट राखिएका छन् । विद्यार्थी सुतिरहेको अवस्थामा कतिबेला भाँचिन्छन्, भन्ने त्रास छ ।

बालबालिकाका लागि कम्प्युटर छैनन् । पटक–पटक  आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन उनीहरुले माग गरिरहेका छन् ।   “विद्यार्थीले कम्प्युटरको माग गरिरहेका छन्”, उनेले भनेयो, “तर कम्प्युटर ल्याउन सकिएको छैन ।” 
 

६ बर्ष अगाडि

प्रतिक्रिया