एचआईडिसीएल कम्पनीले शेयरलगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई गत वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आफ्ना शेयरलगानीकर्ताहरुलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको उक्त लाभांश नेपाल सरकारले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया