पुर्वश्रम स्वीकृतिको विवरण अनलाइनबाटै

५ बर्ष अगाडि

काठमाडौं वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वश्रम स्वीकृतिको विवरण अनलाइन प्रणालीबाटै  हुने भएको छ ।

पूर्वश्रम स्वीकृतिको फाइल लिएर म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालय धाउनु नपर्ने भएको छ । विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको छ ।

म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्वश्रम स्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धीत म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवाता लिन पाउँछन् । हाल पूर्वश्रम स्वीकृति कागज रुपमा लिएर अन्तवाता लिदै आएका थिए ।

 
वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक डा।भीष्म भुसालले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया