चाहविलमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, विद्यार्थीद्वारा बसमा आगजनी

६ बर्ष अगाडि

काठमाडौं – सोमबर विहान  बसको ठक्करबाट एक छात्राको ज्यान गएको छ । सोमबार काठमाडौंको सुकेधारामा बा ४ ख ५९२० नम्बरको बसले  पौने ६ बजे तिर ठक्कर दिँदा सृष्टि पन्त मृत्यु भएको हो । उक्त गाडी भक्तपुर काठमाडौं रुटमा चल्ने गरेको छ । 
बसको ठक्करबाट घाइते भएकी पन्तलाई चावहिल स्थित आम अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । २१ बर्षीय पन्त पशुपति क्याम्पसमा स्नातक चौथो बर्षमा अध्ययन गर्दै आएकी थिइन । उनको घर गोरखा भएको बताइएको छ ।

उनको मृत्यु भएपछि विद्यार्थीहरुले बसमा आगजनी गरेका छन् । आगलागीबाट बस पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रहरीले आगजनी गरेको आरोपमा नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई पक्राउ गरेको छ । केही दिन अघि दाङमा पनि सवारी साधानको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया