प्रभु बैंकले कपिलवस्तुकाे तौलिहवामा शाखा सञ्चालन गरेकाे छ ।
कपिलवस्तु नगरपालिका १, तौलिहवामा स्थापना भएकाे शाखाको नगरपालिकाका मेयर किरण सिंहले उद्घाटन गरे ।
यो सहित बैंकको कुल शाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखारहित सेवा केन्द्र १७ र एटियमको संख्या १ सय ५२ पुगेको जनाइएको छ ।
बैंकको तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले स्थानीयले गुणस्तरीय सेवा पाई लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङबानीको विकासमा अभिवृद्घि हुने बैंकले जनाएको छ ।
यस्तै स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा तौलिहवा शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ बैंकले जनाएको छ ।
प्रतिक्रिया