लक्ष्मी बैंकले १ अर्ब ३३ कराेड बराबरकाे शेयर र लाभांस बाँड्दै, शेयर धनिले पाउने भए १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद

६ बर्ष अगाडि

लक्ष्मी बैंकका शेयर धनिले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशतको नगद लाभांश पाउने भएका छन् । 

बैंकको १९ औं साधारणसभाले गत वर्षको सञ्चालन कारोबारबाट भएको मुनाफाबाट उक्त बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो । 

गत २०७६ कात्तिक १७ गते बसेको बैंक सञ्चालक समिति  बैंठकले गत आर्थिक वर्ष २०७५/७६ को कारोबारको मुनाफाबाट सो निर्णय गरेको थियो । 

बोनस शेयरसहित नगद लाभांश वितरणका लागि राष्ट्र बैंक समक्ष गरेको अनुरोधलाई राष्ट्र बैंकले गत मंसिर १० गते स्वीकृति दिएको थियो । 

राष्ट्र बैंकको स्वीकृति पाएसँगै बैंकले रु ८९ करोड २० लाख ५० हजार ८ सय ६४ रुपैयाँ बराबरको बोनस शेयर र रु ४४ करोड ६० लाख २५ हजार ४ सय ३२ बराबरको नगद लाभांश वितरण गर्ने जनाएका ेछ ।  

तर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा २०७६ मंसिर २३ गते भन्दा अघिल्लो दिन सम्म कारोबार भई २०७६ मंसिर २७ गते भित्र बैंकको शेयरधनी कितावमा सूचिकृत नहुने शेयर धनिहरुले उक्त बोनस शेयर र नगद लाभांश नपाउने बैंकले जनाएको छ । 

बैंकले गत वर्ष ३४ दशमलव ६३ प्रतिशतले खुद नाफा आर्जन गर्दै एक अर्ब ५९ करोड ७ लाख ७ हजार ४ सय रुपैयाँ कमाएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया