सिन्धुली, हेटौडा र छतिवनका जनताले आफ्नो धेरै घर जग्गा क्षती हुने भन्दै अबरोध गरेपछि मदनभण्डारी राजमार्गको पश्चिम खण्ड निर्माण कार्य अन्यौलमा परेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका ६, धुराबजार, हेटौडाको चिसापानी देखि चौगडासम्म र मकवानपुरकै मकवानपुरकै छतिवनमा स्थानीयले विवाद गरेका हुन् ।
राष्ट्रिय गौरवअन्तर्गतको उक्त राजमार्गको नक्साङ्न गर्दा सिन्धुलीको कमलामाई नगरपालिका ६ को धुराबजार हुँदै मिलन चोक, साङवाले खट्टार क्षेत्र समावेश गरिएको छ ।
तर धुरा बजार क्षेत्रको ६ किलोमिटरमा थुप्रै घरहरु भत्काउनु पर्ने भएपछि त्यहाँबाट रुट परिवर्तन गर्नुर्ने माग गरेका छन् ।
विवादित क्षेत्रको अवस्था मन्त्रालयमा जानकारी गराइएको मदन भण्डारी राजमार्ग पश्चिम खण्डका आयोजना कार्यालयका सूचना अधिकारी केशब ओझाले जानकारी दिए।
प्रदेश सभाका सदस्य बिनोद खड्काले धुराबजार जोगाएर छोटो र कम लागतमा अन्यन्त्र रुट परिवर्तन गर्न पहल गरिएको बताए।
त्यस्तै राजमार्गले हेटौडाको चिसापानी देखि चौगडासम्मका जनताले आफुहरुको धेरै घरजग्गा क्षति हुने भन्दै अदालतमा मुद्धा दायर गरेका छन् । त्यहाँको ४ किलोमिटर सडकमा विवाद उत्पन्न भएको आयोजना कर्यालयले जनाएको छ ।
मकवानपुरकै छतिवनमा २ किलोमिटर सडक निर्माणमा विवाद हुँदा निर्माण कार्य अगाडी बढाउन नसकिएको आयोजनाका सुचना अधिकारी ओझाले जानकारी दिए।
राजमार्गको पश्चिमखण्ड अन्तर्गत सिन्धुलीको भीमानदेखि हेडौँडा –६ चौगडासम्म १ सय १५ किलोमिटर सडकको ६५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
तर विवादित स्थानको कारण बाँकी काम सक्न समस्या उत्पन्न भएको छ ।
तीनबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी थालिएको उक्त आयोजना तत्कालिन सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा स्थापित हुने छ ।
प्रतिक्रिया