यस्तो बन्नेछ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भिडियो)

६ बर्ष अगाडि

चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भिडियो योजना सार्वजनिक भएको  छ । 

धुर्मुस–सुन्तली फाउण्डेसनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारको भिडियो योजना सार्वजनिक गरेको हो । 

भिडियोमा कमलको फूलसँगै नेपालीपन झल्कने गरी निर्माण गरिने आधुनिक रंगशालाको प्रवेशद्वारमा गौतम बुद्धको शालिक राखिएको छ । 

भित्री भागमा परम्परागत कलात्मक शैली झल्काइएको छ । 

फाउण्डेसनले कर बाहेक २ अर्ब ६० करोड हाराहारी खर्चमा रंगशाला निर्माण गर्ने योजना अनुसार निर्माण शुरु गरेको हो । 

भिडियोमा रंगशाला स्तुपा आकारको हुने छ भने क्रिकेट खेल मैदान कमलको फूल आकारको हुने छ । रंगशालामा ४ वटा द्वार हुनेछन् ।

जसमा २५ हजार दर्शकहरु अट्ने क्षमताहरु हुनेछ । आउँदो २५ वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कन गरिएको छ ।

चितवनको रामपुरमा रहेको २० बिघा ६ कट्ठा जमिनमा रङ्गशाला निर्माण गर्न लागिएको हो । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ ।

समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रंगशला तयार हुने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया