गाउँपालिका अध्यक्ष अपहरण काण्ड श्रीमती जंगलमा भेटिइन्, अध्यक्ष शाही अझै अज्ञात

६ बर्ष अगाडि

अपहरणमा परेकी दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छन् ।

सँगै अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ ।

शाही दम्पत्ति आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए ।दैलेख घर भएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले इलालाई अपहरणकारीले बीच जंगलमा छाडेको र धीरबहादुर शाहीलाई भुवानथानतिर लगेको जानकारी दिएका छन् ।

यद्यपि प्रहरीले भने यसको पुष्टि गरिसकेको छैन । उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीय बताउँछन् ।

उनीहरुको खोजीका दैलेखका साथै सुर्खेत र कालिकोटका सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्यसमेत हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
 शाहीको खोजी भइरहेको पनि प्रहरलिे जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया