कोरीयाले एक वर्षमा ५६ हजार कामदार लैजाने

५ बर्ष अगाडि

कोरीयाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार  नीति  समितीको बुधवारको २७ औँ बैठक सम्पन्न भएको छ।

उक्त बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको छ। कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने  निर्णय पनि गरेको छ ।

कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताएका छन। ।

५ बर्ष अगाडि

प्रतिक्रिया