कुमारी बैंकले पुस १४ गतेबाट ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले एक हजार रुपैयाँ अंकित दरका १० वर्ष भुक्तानी अवधि भएको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले ऋणपत्र वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रूपमा भुक्तानी गर्नेगरी निष्कासन गर्न लागेको छ ।
बैंकले निष्कासन गर्न लागेको उक्त तीन अर्बको ऋणपत्र मध्य एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुका लागी र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरका लागी खुल्ला गरिने बताइएको छ ।
यस ऋणपत्रमा छिटोमा पुस १७ गते तथा ढिलोमा माघ १४ गते सम्म आबेदन दिन सकिनेछ भने ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ता सम्मको लागि आवेदन गर्न पाउनेछन्।
प्रतिक्रिया