युनाइटेड फाइनान्सले आफ्नो २५ औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई प्रदान गर्ने भनेको लाभंश अनुमोदन गर्न उक्त सभा बोलाएको हो ।
यस अघि कम्पनीको संचालक समितिको बैठकले लगानीकर्ताहरुलाई ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ६.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते कार्की बैंकेट, बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
प्रतिक्रिया