काठमाडौं – ठमेल पर्यटन विकास परिषद्ले भिजिट नेपाल २०२० को तयारी भन्दै ठमेल क्षेत्रको इन्टरनेट तथा टेलिफोतट तार काटिदिएपछि नेपाल विद्युत प्राधिकरणले त्यसको विरुद्धमा सुचना निकालेको छ ।
परिषद्ले लापरवाहीपूर्ण तरिकाले गत पौष ३ गते तार काटिँदा त्यस क्षेत्रको टेलिफोन र इन्टरनेट सेवा पूर्णरूपमा बन्द भएको छ । विशेषगरी उक्त क्षेत्रमा विद्युत्का पोलबाट लगिएका वल्र्डलिंक, भायोनेट, सुविसु, टेलिकम लगायत सेवाप्रदायकका इन्टरनेटको तार काटिएको थियो ।
त्यसको ३ दिनपछि अर्थात पौष ६ गते प्राधिकरणले सार्वजनिक रुपमा नै सुचना जारी गरि उक्त घटना प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ साथै, उक्त कार्य दुरसञ्चार ऐन, २०५३ विपरीत तथा दण्डनीय भएको प्राधिकरणको भनाइ छ ।
साथै, उक्त कार्यले आम नागरिकको सञ्चार तथा सुचना पाउने हक पनि हनन हुन गएको प्राधिकरणको टिप्पणी । सुचनामा भनिएको छ, ‘प्राधिरणले अव्यवस्थीत तारहरूलाई व्यवस्थीत गर्ने प्रक्रिया अगाडि बढाइरहेको र सेवा प्रदायक संस्थाहरू तार व्यवस्थापान गर्न तत्पर हुँदा हुँदै यसरी तारहरु काटिदा सो क्ष्ोत्रको दुरसञ्चार सेवा अवरुद्ध हुन जाने, आम नागरिकको व्यवसायमा प्रत्यक्ष असर पर्ने तथा आम नागरिकको सञ्चार तथा सुचना पाउने हक हनन भएको छ ।’
दुरसञ्चार जस्तो अति आवश्यक सेवा अवरुद्ध हुने गरि गरिएको यस्तो कार्य दुरसञ्चार ऐन, २०५३ को मर्म विवरीत हुनको साथै दण्डनीय समेत भएको प्राधिकरणको भनाइ छ । सम्बन्धीत मन्त्रालय, नेपाल दुर सञ्चार प्राधिरकण र सरोकारवाला सेवा प्रदायक संस्थाहरुसँग समन्वयन नगरि नन्टरनेट तारहरु काट्दा सेवाग्राही तथा आम नागरिकहरु दुरुसञ्चार सेवाबाट बञ्चित हुने तथा यसमा प्रयोग हुने तार र यन्त्र उपकरण नेपाल भित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा ठुलो मात्रामा थप आर्थिक व्यवभार समेत पर्ने भएकाले यस्तो कार्य कुनै पनि दृष्टिकोणबाट उचित नभएको प्राधिकरणको भनाइ छ ।
तसर्थ, कसैले पनि यस्तो कार्य नगराउनुहुन सम्बन्धीत सबैको जानकारी का लागि सुचना प्रकाशन गरिएको प्राधिकरणले बताएको छ । यो सुचनाको अवाज्ञा गरि कसले यस्तो कार्य गरेमा दुरसञ्चार ऐन नियम समेत बमोजिमको सजाय हुने पनि प्राधिरकणको भनाइ छ ।

प्रतिक्रिया