सिभिल र लक्ष्मीको साधारण सभा आज, यस्ता छन् प्रस्ताव

६ बर्ष अगाडि

सिभिल बैंक र लक्ष्मी बैंकले आज साधारण सभा बोलाएका छन् ।

दुवै बैंकहरुले प्रस्तावित लाभांश वितरण र मर्जर प्रकृया बारे छलफल गर्न उक्त सभा बोलाएका हुन ।

सिभिल बैंकले आज लगानीकर्ताहरुलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्नुका साथै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा आज बिहान ११ बजेबाट सुरु हुदैँछ। 

त्यस्तै लक्ष्मी बैंकले आज आफ्ना लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यससगैँ बैंकले मर्जर प्रकृया बारे समेत छलफल गर्ने छ।

बैंकको साधारणसभा अग्रवाल भवन, कमलपोखरीमा दिउसो २ बजे बाट शुरु हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया