रोमानियामा रोजगारीको अवसरः फ्रि भिषा, फ्रि टिकट, तलव ७० हजारभन्दा बढी

५ बर्ष अगाडि

काठमाडौं – रोमानियाको एक कम्पनीले ७० जना नेपाली कामदार माग गरेको छ । मिलेनियम जवस एसआरएल नामक एक कम्पनीले कुक, वेटर, किलिनर लगायतका पदमा नेपाली कामदार मागेकोहो । 
कम्पनीले कुकमा १०, वेटरमा २० (महिला १०, पुरुष १०) र किलिनर्स ४० (२० महिला, २० पुरुष) गरेर ७० जना नेपाली कामदार माग गरेको हो । त्यसमा कुकलाई रू. ७५ हजार ६०० र अन्य पदका कामदारलाई रू. ६९ हजार ३०० दिने बताइएको छ । 
भिषा शुल्क र हवाई टिकट रोजगारदाता कम्पनीले नै तिरीदिने छ । कम्पनीले ् नेपालको शल्मानी ओभरसिज प्रा.लिलाई कामदार छनोटको जिम्मा दिएको छ । काठमाडौंको कोटेश्वरमा रहेको उक्त ओभरसिजमा आगमी पौष ११ गते कामदारहरुको अन्तरवार्ता हुने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया