आरम्भ लघुवित्तले माग्यो कर्मचारी, एसएलसी उतिर्णले पनि आवेदन दिन सक्ने ?

६ बर्ष अगाडि

काठमाडौं – आरम्भ लघुवित्त वित्तिय संस्थाले बरिष्ठ सहायक र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा कार्यालय र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । तर, कति जना कर्मचारी चाहियो भनेर संख्या तोकिएको छैन । 
कम्पनीले आइतवार एक सुचना जारी गर्दै १५ दिन भित्र आवेदन दिन अनुरोध गरेको छ । बरिष्ठ सहायकमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर कम्तीमा २ बर्ष कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै, एसएलसी तथा एसईई पास भइ ३ बर्षसम्म लघुवित्त क्षेत्रमा काम गरेका व्यक्ति पनि उक्त पदमा आवेदन दिन सक्नेछन् ।
सहायकमा प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेर कम्तीमा १ बर्ष कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै, एसएलसी तथा एसईई पास भइ २ बर्षसम्म लघुवित्त क्षेत्रमा काम गरेका व्यक्ति पनि उक्त पदमा आवेदन दिन सक्नेछन् । तलव संस्थाको नियमअनुसार दिनइने बताइएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया