अपहरणकारी अजयलाई प्रहरीको ८ राउण्ड गोली, गोपाललाई ४ राउण्ड

७ बर्ष अगाडि


काठमाडौं–  प्रहरी इन्काउन्टरमा मृत्यु भएका अपहरणकारीमाथि प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको पाइएको छ ।  प्रहरी इन्काउन्टरमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङको सोमबार मृत्यु भएको थियो । 
मृतकमध्ये अजयलाई ८ राउण्ड गोली, गोपाललाई ४ राउण्ड गोली लागेको छ।  घटनास्थलमा प्रहरीले सोहि व्यहोराको मुलुल्का तयार पारेको छ । 
आइतबार साँझ काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेका निशान खड्काको हत्या भएसँगै अपहरणकारी खोज्दै प्रहरी  भक्तपुरको सूर्यबिनायक पुगेको थियो । 
सूर्य बिनायक नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा उनीहरुले प्रहरीमाथि गोली चलाएसँगै इन्काउन्टरमा परेका थिए ।  
बालक निशानको भने  मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो । 

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए । 

 

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । 

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । 
मृतककी आमा चमेली खड्काले सञ्चालन गर्दै आएको खाजाघरमा  मृतक अपहरणकारीले खाना खाने गरेका थिए ।  मृतकका बुबा गणेश वैदेशिक रोजगारीमा रहेको र पैसा असुल्ने योजनाअनुरुप बालकको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया