धनुषामा १५ हजार घुससहित सई रंगेहात पक्राउ

६ बर्ष अगाडि

धनुषामा एक प्रहरी घुस सहित रंगेहात पक्राउ परेका छन् ।

धनुषाको धारापानीमा कार्यरत प्रहरी नायव निरीक्षक(सई) १५ हजार रुपैया घुस सहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानि स्थित प्रहरी चौकी यज्ञभूमीमा कार्यरत सइ कालीचरण पंजियारलाई १५ हजार रुपैया घुस सहित पक्राउ गरेका छन् ।

दुर्घटनाको मुद्दा मिलाईदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दाा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटेको टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट रंगे हात पक्राउ गरेको छ ।

घुस रकम सहित पक्राउ परेका सई पंजियारलाई आवश्यक कारवाहीको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाईएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया