कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय कृषि आयोगका सदस्य उदयचन्द्र ठाकुरले किसानकै पक्षमा काम गर्न किसान आयोगको स्थापना भएकाले किसानका समस्यालाई सबै मिलेर अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा उठेका सुझावलाई प्रतिवेदनका रुपमा कृषि मन्त्रालयमा पठाउने भन्दै उहाँले आफूहरु कृषि क्षेत्रको विकृति हटाउन लागिपरेको प्रतिक्रिया दिए ।
गाउँमा उत्पादित कृषिजन्य सामग्री जैविक भएको विश्वास आम नागरिकलाई दिलाउन नसक्दा पनि किसानले उचित बजार नपाएको स्वीकार गरे । राष्ट्रिय किसान आयोगले गाउँगाउँका किसानका समस्या बुझ्न र देखापरेका समस्या समाधानका लागि दुईदिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया