काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन् ।
शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । तामाङले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पुरा गरे । म्याराथनको उपाधि जितेपछि रावलले आफ्नो पहिलो म्याराथन भएको पहिलो पटक नै उपाधि जित्दा खुसी लागेको बताए ।
म्याराथन कसरी कुद्ने भन्ने नै थाहा नभएको बताउँदै उनले भने, ‘जुत्ता पनि राम्रो थिएन् । अरुको १३, १४ हजारको जुत्ता हुन्छ मेरो ३ हजारको जुत्ता थियो ।’ उनले म्याराथनको रुट भने राम्रो नभएको र भोलेन्टियरहरुलाई समेत रुटका विषयमा थाहा नभएको गुनासो गरे ।
प्रतिक्रिया