काठमाडौं – आइतबार बेलुकी काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको छ । खड्काको आज दिउँसो भक्तपुरको ठिमीमा घाँटी थिचेर हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
खडकाको शव निर्माणाधिन घरमा फालिएको अवस्थामा फेला परेको छ । प्रहरीले बालकको उद्दारको लागि खटिएको प्रहरीले अपहरणकारीमाथि इन्काउन्टर गरेको छ । अपहरणमा परेका बालकको खोजीमा लागेको महानगरीय अपराध महाशाखाको टोली कारबाहीमा दुई अपहरणकारीको समेत ज्यान गएको छ।
प्रतिक्रिया