७६ बर्षिय बृद्धकाे खुट्टा भाँच्ने वडाअध्यक्ष ५ लाख ७५ हजार धरौटीमा रिहा

६ बर्ष अगाडि

७६ बर्षिय बृद्धको खुट्टा भाँचेको आरोपमा ज्यान मार्ने उद्योगको  मुद्धा खेपिरहेका बझाङको खप्तड छान्ना गाउँपालिका ६ का वडा अध्यक्ष तिलक खडका सहित ९ जना धरौटीमा रिहा भएका छन् । 

स्थानीय ७६ बर्षिय डबल बहादुर खडका र निर्मला खडकालाई कुटपिट गरी घाइते बनाएको आरोमा थुनामा रहेका वडाअध्यक्ष सहित ओमजंग खडका, बसन्त खडका, जंग खडका, एकेन्द्र खडका, सन्तोष खडका, भरत थापा, दिपक खडका, किरण खड्का जिल्ला अदालत बझाङको आदेश अनुसार धरौटीमा रिहा भएका हुन् । 

अदालतले शुक्रबार उनीहरुलाई ५ लाख ७५ हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

उनीहरुले डबल बहादुर र निर्मला खडकालाई कुटपिट गरी घाइते बनाएको भन्दै डबल बहादुरका छोरा त्रिभुवनले गत कार्तिक ६ गते  ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा दर्ता गराएका थिए । 

कुटपिटबाट दुवै खुट्टा भाँचिएका डवलबहादुरको समयदेखि देखि काठमाडौको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । 

मुद्घा परेपछि उनीहरु मंसिर ११ गते जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा गएको प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए । 

प्रहरीले २३ दिनसम्म अनुसन्धान गरी उनीहरुलाई जिल्ला अदालत पठाएको थियो । 

मुद्दा फैसला नहुँदै  पत्रकार सम्मेलन 
धरौटीमा रिहा भएपछि वडा अध्यक्ष खडकाले आज सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी आफु र आफुसँग आरोप लागेका सम्पुर्ण व्यक्तिहरु निर्दोष भएको दावी गरे । 

घाइते डबल बहादुर मदिरा सेवन गरी लडेको र आफुहरुलाई परिबन्धमा फसाइएको उनको प्रतिकृया छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया