बाबुराम भट्टराईले सुकुम्बासी राख्न बनाएका अपार्टमेन्टमा नगरपालिकाको धावा

६ बर्ष अगाडि

सुकुम्बासीलाई बसोबासका लागि बनाएका अपार्टमेण्ट नागार्जुन नगरपालिकाले सुकुम्बासी बस्न नदिने चेतावनी दिएको छ । 

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले  २०६९ सालमा १२ करोड रुपैयाँ खर्चेर बनाएका चारवटा अपार्टमेण्टमा लामो समय खाली रहेपछि अब नगरपालिकाले कब्जा गर्ने योजना बनाएको हो । 

भट्टराईको योजनामा वागमती, विष्णुमति र मनहरा किनारका सुकुम्बासीका लागि साविक इचंगुनारायण गाविसमा  २२४ फ्ल्याट रहेका अपार्टमेण्ट बनेका थिए । 

तर निर्माण सम्पन्न नहुँदै उनको कार्यकाल सकिएपछि त्यसपछिका सरकारले वेवास्ता गर्दा सुकुम्बासीहरु खोला किनारमै छन भने भवनहरु प्रयोगबिहिन छन् । 
लामो समयसम्म प्रयोग नभएपछि नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले अब ति सरकारी आवासमा सुकुम्बासीलाई बस्न नदिने बताए ।  

उनले सुकुम्बासीका लागि बनाएको भवन भनेर गरेको निर्णय देखाउन समेत चुनौती दिँदै  सुकुम्बासी राख्नै परे आफ्नै नगरपाकिलाका सुकम्बासीलाई राख्ने बताए । 

अहिले नगरपालिकाको वडा कार्यालय, स्वास्थ चौकी र प्रहरी कार्यालयले भवनका केही कोठा प्रयोग गर्दै आएका छन् । 

काठमाडौंमा हालसम्म गरिबहरु र सुकुम्बासीको पहिचान हुन नसकेको कारण राख्न नसकिएको शहरी विकास तथा भवन निर्माण विभागका प्रवक्ता कृष्णप्रसाद दुवाडीको भनाई छ ।  

तर तत्कालीन प्रधानमन्त्री भट्टराईले भने तीन महिना लगाएर सुकुम्बासीको तथ्यांक संकलन गरेपछि उनीहरुलाई पुग्नेगरी आवास निर्माण गरिएको बताउँछन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया