वैदेशिक रोजगार विभागका महानिर्दैशक भिष्म कुमार भुसालले श्रमिकको पासपोर्ट जफत गर्ने म्यानपावर कम्पनीको व्यवसाय रोकिने बताएका छन।
उनले म्यानपावर कम्पनीले श्रमिकसँग पैशा माग्ने र नदिएमा पासपोर्ट नै नदिने र दुख दिने प्रवृती बढेको भन्दै त्यस्ता कम्पनीलाई कानुनी दायरामा ल्याउने चेतावनी दिए ।
सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगार विभाग तथा बोर्डको कार्य सञ्चालन प्रभावकारीता सम्वन्धी कार्यक्रमा महानिदर्शेक भुसालले पछिल्लो समय म्यानपावर कम्पनीमा देखिएको कुप्रवृती हटाउन आफु लागि परेको बताए ।
वैदेशिक रोजगार सुधार गर्न विभाग एक्लैले नसक्ने भन्दै भुसालले सुधारका लागि सराेकारवालाहरू पनि जिम्मेवार बन्नुपर्नेमा भुसालले जोड दिए ।
'यो निक्कै ठूलो समस्या रहेको छ, समस्यामा परेका व्यक्तिहरुले विभागमा जानकारी गराएमा उनीहरुलाई सहयोग गर्न विभाग तयार छ', उनले भने .
उनका अनुसार विभागले पछिल्लो तीन महिनामै ३७ वटा म्यानपावरमा अनुगमन गरेको छ ।
प्रतिक्रिया