नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘वैदेशिक रोजगार व्यवसाय कोष’ को व्यवस्थापन सम्बन्धमा व्यवसायीबाट सुझाव मागेको छ ।
व्यवसायीले संकलन गरेको धरौटीबाट निर्माण गरिएको कोषको रकम कसरी खर्च गर्ने भन्ने विषयमा नीतिगत व्यवस्थाको लागि सुझाव मागेको हो ।
वैदेशिक रोजगार नियमावलीको नियम २५ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगार व्यवासाय गर्ने संस्थाले राखेको धरौटीको ९० प्रतिशत रकम वैदेशिक रोजगार विभागले वाणिज्य वैंकमा मुद्धती खाता खोलेर राख्ने गरेको थियो ।
त्यसको ७५ प्रतिशत रकम वैदेशिक रोजगार कल्याणकारी कोष र बाँकी २५ प्रतिशत रकम वैदेशिक रोजगार व्यवसाय कोषमा जम्मा गरिएको छ । कोषमा अहिले ४ अर्ब २७ करोड जम्मा भएको छ ।
नियमावलीमा सो कोषबाट वैदेशिक रोजगार व्यवसायीको क्षमता अभिवृद्धि, वैदेशिक रोजगार व्यवसाय र व्यवसाय सम्वन्धी अध्ययन अनुसन्धान गर्ने कार्यमा खर्च गर्ने व्यवस्था रहेको छ ।
नियमावलीको सोही मापदण्ड अनुसार कोषको रकमबाट के के काम गर्ने भन्ने विषयमा निर्देशिका वा नियमावलीमा राख्नुपर्ने प्रावधानको बारेमा सुझाव मागिएको संघका महासचिव सुजित कुमार श्रेष्ठले बताए ।
सुझाव दिन चाहने व्यवसायीहरुले पुस ९ गते सम्म लिखित रुपमा राय÷सुझाव तथा धारणा पेश गर्नुपर्ने पनि उनले बताए ।
प्रतिक्रिया