खाडी मुलुक मलेसियाले पनि स्वदेशी तथा विदेशी श्रमिकको न्युनतम तलब बृद्धि गर्ने भएको छ । आउँदो जनवरी १ तारिखदेखि लागु हुने गरि मलेसियाले श्रमिकहरुको न्यूनतम तलब १२ सय रिंगिट बनाउन लागेको हो ।
१२ सय रिंगिटको नेपाली करिब ३३ हजार रुपैंया हुन्छ । हाल मलेसियामा न्यूनतम तलब ११ सय रिंगिट रहेको छ । मलेसिया सरकारको निर्णय जनवरी १ देखि कार्यान्वनमा आएसँगै नेपाली सहित अन्य देशका मजदुरहरुलाई फाइदा पुग्ने छ ।
स्टार अनलाइनले ५७ वटा शहरमा कार्यरत श्रमिकलाई एकै पटक न्यूनतम पारिश्रमिक लागू हुने जनाएको छ ।यसअघि कतारले पनि २०२० को जनवरी १ बाट लागू हुनेगरि नयाँ न्युननतम तलबको घोषणा गरेको छ ।
कतारको मन्त्रिपरिषद्ले करिब २ महिना अघि आप्रवासी कामदारको न्यूनतम तलब तोक्ने निर्णय गरेको थियो ।कतारले सबै देशका कामदारलाई जनवरी १ बाट न्युनतम १२ सय रियाल तलब दिने जनाएको छ ।
प्रतिक्रिया